डा. केसी आइसियु भर्ना, तत्कालै काठमाडौं लैजान चिकित्सकहरुको सुझाव

Govinda kc icu

जुम्ला । केही दिनदेखि कबर्डहलमा अनसनरत डा. गोविन्द केसीको अवस्था गम्भीर बनेपछि आईसियुमा भर्ना गरिएको छ ।

जुम्लाको प्रतिकुल मौसमका कारण डा. केसीको स्वास्थ्य अवस्था अनसन सुरु गरेको दोस्रो दिनमै जटिल बन्न थालेको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले अस्पताल लगेका थिए ।

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढाथापा र डीएसपी डा. तपन दाहालको टोली अस्पतालमा पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनीहरुले डा केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन् ।

तर, चिकित्सकहरुले भने डा. केसीको अवस्था तत्कालै काठमाडौं लैजान सुझाव दिएका छन् । अनसनमा बसेका डा.केसी अर्धचेत अवस्थामा छटपटाउन थालेका छन् । उनको अहिले आइयिसुमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...