लोकतन्त्रलाई कुण्ठित गर्ने सरकारको गतिविधि अमान्य : डा भट्टराई

Baburam vattarai

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार लोकतन्त्रलाई कुण्ठित पार्ने गतिविधि गरिरहेको भन्दै त्यस्ता गतिविधि अमान्य हुने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा समय मागेर बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले उपत्यकाका सार्वजनिक स्थलहरुमा सभा गर्न नपाउने निर्णय गरेर सरकारले लोकतन्त्र, समाजवाद र साम्यवादको सिद्धान्त र नीति विपरित अघि बढेको बताएका हुन् ।

केही समय यताका सरकारका क्रियाकलापहरु लोकतन्त्र र समाजवादको नीति विपरित भएको उनले बताए । उनले भने, “यो सरकारले माक्र्सवादको कुन चाहिं धारलाई पक्षपोषण गर्छ ? स्पष्ट पारियोस् ।”

सबैले मिलेर बनाएको संविधानको प्रस्तावनामा नै उल्लेख लोकतन्त्रमा आधारित समाजवाद उन्मुख प्रणाली भनेकाले समाजवाद र लोकतन्त्रलाई अपनाउने नीति सरकारले लिनुपर्ने तर्क उनले गरे ।

उनले चिकित्सा शिक्षा विधेयकलाई फिर्ता लिई डाक्टर गोविन्द केसीको स्वास्थ्य उपचारको व्यवस्था गर्दै जीवन रक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । साथै बाढी पीडितको उद्धारमा पनि उपयुक्त ध्यान पुर्याउन उनले सरकारको ध्यानाकर्षण गराए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...