केसीलाई प्रहरीको पहरा, दियालोको सहारा !

Dr kc jumla ansan

जुम्ला । १४औं अनसनपछि डा. गोविन्द केसीले १५ औं अनसनको उपयसक्त स्थान जुम्लालाई रोजे । तर, उनले जहाँ रोजे, त्यहाँ उनका लागि खतराको घण्टी बजिरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनशन बस्ने योजना बनाएर डा. केसी यहाँ आएका थिए । तर, जुम्ला प्रशासनले निषेध गरेपछि जिल्ला खेलकुद विकास समितिको कबर्ड हलमै अनसन बसिरहेका छन् । यहाँ पनि उनी प्रहरीकै नियन्त्रणमा छन् ।

शनिबारदेखि प्रहरीको निगरानीमा कबर्ड हलमा अनशन बस्न थालेका डा. केसीको पहिलो रात निकै कष्टकर बन्यो । सो हलमा बत्तीसमेत छैन ।

यो हल जुम्लाको ठूलो हल हो । ठुलो कबर्ड हलमा पानी चुहिन्छ । चिसो बढेको छ । कपडाको व्यवस्था पनि राम्रो छैन । हिजोदेखि नै डा. केसीले केही खाएका छैनन् । 

कभर्ड हलमा केसीको अनसनको पहिलो रात निकै कष्टकर बनेको डा. केसीका सहयोगी किशोर केसीले बताउँछन् । ‘डा. केसीलाई राखिएको कभर्डहल निकै अब्यवस्थित छ’, उनले भने, ‘यहाँ कुनै सुविधा छैन, न त बिजुली छ । न त पानी र शौचालय, निकै कष्टका साथ अध्याँरोमै पहिलो रात बित्यो ।’

उनले शनिबार दियालोको सहायताले रात काटे । डा. केसीको स्वास्थ्य अवस्था हेर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिम्मा दिएको छ । डा. केसीको स्वास्थ्य अवस्था हेर्न डा.प्रविण गिरीको संयोजकत्वमा ३ जनाको टोली खटिएको छ ।

‘यस्तो फोहोर ठाउँमा उपचार गर्न सकिदैन, हलभित्र दिसा र पिसावको मात्रै गन्थ आइरहेको छ’ डा. गिरीले भने, ‘बत्तिको व्यवस्था छैन, फोहोर भएको ठाउँमा उपचार गर्न सकिँदैन ।’ चकित्सकले अस्पतालमा लगेर उपचार गर्न आग्रह गरेका छन् ।

प्रशासनले अस्पताल लैजान लिएको छैन । डा. केसीलाई प्रहरीले पनि पहरा दिइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...