गंगामायाको घाँटीमै स्लाइन ! के होला गंगामायाको अवस्था ?

Gangamaya

काठमाडौं । द्वन्द्वकालमा हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्वाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बसेकी गंगामायाको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ ।

३४ दिनदेखि आमरण अनशन सुरु गरेकी गंगामायाको शरीर सुन्निएर हातमा नशा नभेटिएपछि घाँटीको नशाबाट स्लाईन चढाइएको छ ।

अनशनरत गंगामायालाई नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आइतबार वीर अस्पताल गएर अस्पतालको शैय्यामा भेट गरे । मानव अधिकारवादीको टोलीसहित पुगेका नेता केसीले आईसियूमा रहेकी गंगामायालाई भेट गरेका हुन् ।

उनले स्वास्थ्यमा गम्भिर संकट आएपछि आईसियूमा राखिएकी गंगामायाको माग सम्बोधन नगरेर सरकारले विधिको शासन र न्याय पाउने नागरिकको अधिकारको खिल्ली उडाएको आरोप लगाए ।

त्यसैगरी मानवअधिकारकर्मी चरण प्रसाईँले पनि सरकारले गंगामायालाई न्याय नदिएर मानव अधिकारको खिल्ली उडाएको आरोप लगाए । उनले न्याय पाउने गंगामायाको हक दिलाउन राज्यको दायित्व भएको भन्दै आपत्ति पनि जनाए ।

छोरा कृष्ण प्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । हत्याको जिम्मा तत्कालीन माओवादीले लिएपनि दोषीमाथि कार्वाही हुन सकेको छैन ।

छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै आमरण अनसन बसेका गंगामायाका पति नन्दप्रसादको तीन सय चौंतिसौं दिनमा २०७१ असोज ६ गते वीर अस्पतालमै ज्यान गएको थियो । उनको शव अझै उठाईएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...