काठमाडौंका सडक विस्तार पीडितले गरे आन्दोलनको घोषणा

Sadak bistar birudha

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले सरकारसँग क्षतिपुर्तीको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

घोषित कार्यक्रम अनुसार यही श्रावण २८ गतेसम्म सहरी विकास मन्त्रालय, प्रदेश ३ को सरकार र सडक विस्तारसँग सम्बन्धित सबै सरकारी निकायलाई आफूहरुको माग सम्बोधन गर्न माग गर्दै ज्ञापन पत्र बुझाउने तय गरिएको छ । उपत्यकाका विभिन्न स्थानमा क्षतिपूर्तिको व्यवस्था गरेर मात्रै सडक विस्तारको काम अघि बढाउन खवरदारी गर्नेलगायतका आन्दोलनको कार्यक्रम पनि राखिएको छ ।

संघर्ष समितिका अध्यक्ष सुमन सायमीले राज्यले सडक विस्तारको नाममा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक महत्वका सम्पदाहरुको क्षति र नष्ट गरेको बारे जानकारी गराउँदै त्यसको संरक्षणका लागि विश्व हिन्दु महासंघ लगायतका धार्मिक संघ, संस्थाहरुलाई पनि आग्रह गर्न लागिएको जानकारी दिए ।

समितिले पहिलो चरणको आन्दोलनबाट आफूहरुको माग सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...