कञ्चनपुर घटनाको सिआइबीद्वारा अनुसन्धान सुरु

Nirmala panta

काठमाडौं । कञ्चनपुरमा केही दिनअघि भएको बालिका बलात्कार र हत्याकाण्डको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अनुसन्धान सुरु गरेको छ ।

ब्युरोले डिएसपी अंगुर जिसीलाई अनुसन्धान अधिकारी तोकेर टोली कञ्चनपुर पठाएको हो ।ब्युरोका एसएसपी ठाकुरप्रसाद ज्ञवालीले ब्युरोबाट खटिएको टोलीले अनुसन्धान थालेको जानकारी दिए ।

भीमदत्त नगरपालिका वडा नम्बर २ महुलिया, उल्टाखाम घर भएकी १३ वर्षिया निर्मला पन्तको बिहीवार हत्या भएको हो । बिहीबार दिउसो साथीको घरमा अध्ययन गरेर फर्किएकी उनको हत्या भएको अवस्थामा शुक्रबार बिहान शव फेला परेको थियो ।

हत्याको बिरोधमा सदरमुकाम महेन्द्रनगरमा लगातार प्रर्दशन पछि स्थानीय र जनप्रतिनिधीले घटनाको सिआइबीले छानविन गर्नुपर्ने माग गरेका थिए ।

प्रहरीले गम्भीरतापूर्वक घटनाको अनुसन्धान नगरेको भन्दै महेन्द्रनगरमा स्थानीयले दैनिक प्रदर्शन गर्दै आएका छन् । घटनामा संलग्नको खोजी गरी कडा कारवाही गर्न स्थानीयले माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...