हत्या भएको पाँच दिनपछि निर्मलाको अन्त्येष्टि

Nirmala panta

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको सोमबार दाहसंस्कार भएको छ ।

सोमबार बिहान महाकाली आर्यघाटमा बुवा यज्ञराज पन्तले निर्मलालाई दागबत्ती दिंदै आफ्नी छोरीलाई बलात्कार गरी हत्या गर्नेलाई कडा सजायको माग गरे ।

आइतबार राति जिल्ला प्रहरी कार्यालयमा मृतकका परिवार र आफन्तले गरेको सहमतिअनुसार उनको हत्या भएको पाँचदिनपछि सोमबार दाहसंस्कार गरिएको हो । प्रहरीले घटनाको अनुसन्धान गर्न कुनै कसर बाँकी नराखी सत्यतथ्य रुपमा अनुसन्धान गर्ने र दोषीलाई हदैसम्मको सजाय गर्ने प्रतिबद्धता जनाएपछि मृतकका परिवार र आफन्त दाहसंस्कार गर्न तयार भएका हुन्।

दाहसंस्कारमा हत्या गरिएकी निर्मला पन्तका परिवार, आफन्त सहित प्रदेश सभा सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगरपालिकाका वडा अध्यक्षहरू र अन्य जनप्रतिनिधि, पत्रकार सहभागी थिए।

आइतबार नै दाहसंस्कार गर्ने भनि परिवार तयार भएपनि स्थानीयको आन्दोलन र विरोधले गर्दा हुन सकेको थिएन । आइतबार दिनभर महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल परिसर तनावग्रस्त बन्न पुगेको थियो ।

हत्याको छानबिनमा सहयोग गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली महेन्द्रनगर पुगिसकेको छ । टोलीले आइतबार देखी नै अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले अपराधीलाई कुनै पनि बहानामा उम्कन नदिने प्रतिबद्वता व्यक्त गरे ।

भीमदत्त नगरपालिका वडा नम्बर २ महुलिया, उल्टाखाम घर भएकी १३ वर्षिया निर्मला पन्तको बिहीवार हत्या भएको हो। बिहीबार दिउसो साथीको घरमा अध्ययन गरेर फर्किएकी उनको हत्या भएको अवस्थामा शुक्रबार बिहान शव फेला परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...