चाउचाउ किनिदिने लोभमा बालिकाको बलात्कार गरी हत्या

Rape attempt

काठमाडौ‌ । कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटना सेलाउन नपाउँदै काभ्रेमा पनि बालिकाको बलात्कार गरी हत्या भएको छ ।

काभ्रेको तेमाल गाउँपालिका–१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । असार २० को राति घटना भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो ।

बारा बारागढी गाउँपालिका–६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गरेका हुन् । फुपु मिना तामाङले पर पुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए । 

मन्सुर–मीनाबीचको यौन सम्बन्ध थाहा पाएकी एलिसालाई आफूहरूको कर्तुत लुकाउन दुबैको मिलेमतोमा हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी खड्काले जानकारी दिए।

प्रहरी अनुसन्धान र उनीहरूकै बयानबाट मन्सुर–मीनाबीचको यौन सम्पर्कको दृश्य मृतक बालिकाले देखेकी रहिछन्। चाउचाउ किनिदिने भन्दै एलिसालाई मन्सुरले फकाएर गुम्बा छेउमा लगि बलात्कार गरेपछि हत्या गरेका खुलेको एसपी खड्काले जानकारी दिँदै भने ।

मुख तथा यौनीमा घाउ भएको अवस्थामा शव घोप्टो परेको अवस्थामा प्रहरीले २० गते राति नै फेला परेको थियो । छेन्देलिङ हेलेमेन्दो गुम्बा परिसरको पर्खाल नजिकै ढुंगा थुपारेको स्थानमा एलिसामाथि बलात्कार भएको प्रहरीले जनाएको छ। आफूले बालिकाको नाक थुनेपछि ज्यान गएको मन्सुरले प्रहरीसँगको बयानमा भनेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...