खाजा पकाउने क्रममा आगलागी हुँदा बालकको मृत्यु

Dead..child

 

पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित डिमुवाका एक बालकको खाजा पकाउने क्रममा आगालागी हुँदा ज्यान गएको छ ।

स्थानीयवासी लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो । चाउचाउ पकाउने क्रममा एक्कासि सल्किएको आगोले पोलिएर घाइते भएका लामिछानेको उपचारका क्रममा काठमाडौंको कीर्तिपुर हस्पिटलमा मृत्यु भएको हो ।

उनी नवजागृत उच्च मावि तिलाहारमा कक्षा ५ मा अध्ययनरत थिए । बिदाको समयमा घरमा बसेका उनी आफैँ खाजा बनाउने क्रममा यस्तो दुर्घटना भएको मोदी–६ का वडाध्यक्ष विमल लामिछानेले जानकारी दिए । उनको राजधानीमा दाहसंस्कार गरिएको छ । लामिछानेको निधनले सिंगो विद्यालय र गाउँसमेत शोकमग्न बनेको छ । रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...