साउदी जेलमा रहेका दिलबहादुर घर्तीका लागि कुवेतबाट सहयोग

Dilbahadur

काठमाडौं । हत्या आरोपमा साउदी जेलमा जीवन बिताइरहेका दिलबहादुर घर्तीका लागि कुवेतका नेपालीहरुले एक लाख २७ हजार रुपैयाँ ब्लडमनी संकलन गरेर पठाएका छन् । घर्तीको जीवन रक्षार्थ राप्ती एकता समाज, कुवेतले पठाएको उक्त रकम दिलबहादुरकी श्रीमती मनिका बुढामगरलाई हस्तान्तरण गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले समाजको प्रतिनिधिका रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै दिलबहादुर घर्तीकी श्रीमती मनिका बुढामगरले मान्छे जहाँ भए पनि आफ्नो श्रीमानको जीवन रक्षाका लागि सहयोग गर्ने कुवेतमा रहने सम्पूर्ण दाजुभाइप्रति हार्दिक आभार र धन्यवाद ज्ञापन गरिन्। उनले रोजगारीका लागि कुवेत पुगेर आफ्नो गास कटाएर पनि यति ठूलो गुण लगाएकोमा जीवनभर यसको सम्झना गर्ने बताइन्।

सहयोग हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले रोजगारीका लागि कुवेत पुगेका दाजुभाइहरुले “राप्ती एकता समाज कुवेत” स्थापना गरी एकतावद्ध भएको र त्यसमार्फत सामाजिक सेवामा सक्रिय भइरहेको जानकारी दिए । समाजले भूकम्पपीडित, अग्निपीडित, बाढीपीडितलाई राहत दिनुका साथै सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा अन्य सामाजिक काम गरिरहेको जानकारी पनि दिएका थिए।

त्यस अवसरमा “दिलबहादुर घर्ती बचाउ अभियान मूल समिति”का सचिव जीवन रोकामगरले अब दिलबहादुरका लागि आवश्यक ब्लडमनि संसारभरिका नेपाली दाजुभाइहरुको सहयोगबाट लगभग पूरा भएको जानकारी दिए। उनले राप्ती एकता समाज कुवेतलाई पनि विशेष आभार प्रकट गरेका थिए।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०का महासचिव मनोज घर्तीमगरले विश्वभर रहेका दानवीर नेपालीहरुकै सहयोगले अब दिलबहादुरको जीवन रक्षा सम्भव भएको बताउँदै राप्ती एकता समाज कुवेतलाई धन्यवाद ज्ञापन गरेका थिए। त्यस्तै, नेपाल पत्रकार महासंघ, ५ नम्बर प्रदेशका अध्यक्ष मौसम रोकामगरले शुरुमा असम्भव जस्तो लागेको भए पनि सहृदयी दानवीरहरुको सत्प्रयासमा दिलबहादुर घर्तीले नयाँ जीवन पाएको बताए।

राप्ती समाज कुवेतका अध्यक्ष कृष्णबहादुर खड्काले पनि कुवेतमा रहेर दिलबहादुर घर्तीको जीवनरक्षाका लागि सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले एक नेपालीको दुःखमा संसारैभर छरिएर रहेका नेपालीहरुको सानो सानो सहयोगबाट उनको जीवनरक्षा हुन सकेकोमा प्रशन्नता व्यक्त गरेका छन्।

न्युन आर्थिक अवस्थाका घर्ति वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएका थिए। साउदीमा घर्तीले चलाएको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो। त्यहाँको अदालतले सो घटनामा उनलाई दोषी ठहर गरी दुई वर्ष अगाडि मृत्युदण्ड सुनाएको थिया। तर, पीडितको परिवारले ब्लडमनी स्विकार गरेका कारण उनलाई जेलमा राखिएको छ। ब्लडमनी तिरेपछि घर्ती जेलमुक्त हुनेछन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...