डा. केसीको अनशन तोडिएपछि नियमित सेवामा फर्किए चिकित्सक

चिकित्सक

काठमाडौं । डा. गोविन्द केसीको र सरकारबीच सहमति भएपछि देशभरका चिकित्सक नियमितकाममा फर्किएका छन् । डा. केसीको समर्थनमा ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकहरु आजबाट नियमित काममा फर्किएका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा.केसीको समर्थनमा देशैभरका चिकित्सकहरु ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

शुक्रबार बिहानैबाट सबै स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी नियमित सेवामा खटिएको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले नेपालखबरलाई जानकारी दिए । नेशनल रेसिडेन्ट डाक्टर्स एसोसियसनले पनि आजदेखि सबै डाक्टर काममा फर्किएको जनाएको छ ।

पटक–पटकको वार्तापछि काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोल्न सरकार सहमत भएपछि २७ दिनदेखि अनशनरत डा। गोविन्द केसीले बिहीबार राति अनशन तोडेका हुन्।

सरकार र डा.केसीबीच उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिनेलगायत नौबुँदे सहमित भएको छ ।

‘यो ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा मेडिकल, डेन्टर र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान गरिने छैन’, सहमति पत्रमा भनिएको छ।

यसैगरी एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजका लागि सम्बन्धन नदिने सहमति भएको छ। यसअघि नै सम्बन्धन दिइसकेका शिक्षण संस्थामा भने यो प्रावधान लागू नहुने उल्लेख गरिएको छ।

मेडिकल कलेजहरूले ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने र यो सुविधा वृद्धि गर्दै लैजानुपर्ने पनि सहमति भएको छ।

मेडिकल कलेज सञ्चालन गर्नेहरूले तीन वर्षसम्म आफ्नै अस्पताल सञ्चालन गरेको हुनु पर्ने सहमति पत्रमा भनिएको छ। केसी पक्षले यो सहमतिबाट धेरैजसो माग पूरा भएको बताएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...