टिमुरेको पहिरोमा परी ४ जनाको मृत्यु, १० जनाभन्दा बढी बेपत्ता

Rasuwa pahiro

रसुवा । रसुवाको टिमुरेमा पहिरो जाँदा चार जनाको मृत्यु छ । पहिरोमा १० जना भन्दा बढी मानिस हराइरहेका छन् ।

मृतकमध्ये सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको सनाखत भएको छ भने अन्यको पहिचान खुल्न सकेको छैन । हराएकाको खोजी तथा उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उद्दारका लागि स्काभेटर र डोजरको प्रयोग गरिएको छ । राति एक बजेतिर पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएका चार जनाको उपचार भइरहेको छ ।

रातिको उक्त पहिरोले प्रहरी चौकी समेत बगाएको बताइएको छ । पहिरोले अन्य क्षतिसमेत पुर्याएको छ । केही घरहरु पुरिएका छन् । साथै पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको छ । क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन ।

अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको प्रहरीले बताएको छ । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...