अपाङ्ग मानव अधिकार केन्द्रद्वारा प्रहरी प्रतिष्ठानलाइ ध्यानकर्षण पत्र

Apangata

काठमाडौं । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको नेतृत्वमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायब महानिरिक्षक तथा उक्त प्रतिष्ठनाका कार्यकारी निर्देशक पुष्कर कार्कीलाई भेटगरी ध्यानकर्षण पत्र बुझबएको छ ।

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले उपलब्ध गराउने तालिमहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालमा परेका उजुरीलाई प्राथामिकता दिनु पर्ने बताए ।

तालिम निर्देशिका, पाठ्यक्रम तथा सामाग्रीहरुलाई उल्लेख गर्नु पर्ने लगाएतका सवालहरुलाई समावेश गर्ने मागहरु प्रस्तुत गरिएको ध्यानकर्षण पत्र बुझाएका थिए । अपाङ्गता अधिकार र विकासका लागि क्रियाशिल नेपाल (एड्राड) का अध्यक्ष डा. विरेन्द्रराज पोखरेलले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रहरीहरुलाई साङ्केतिक भाषाको तालिम दिनु पर्ने बताए ।

त्यसै गरी नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले अपाङ्गता मैत्री भौतिक संरचना तथा वेब साइटहरु निर्माण गर्ने तर्फ पनि प्रतिष्ठानले ध्यान दिनु पर्ने बताइन् । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले तालिम पाठ्यक्रमहरुमा नै अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समेट्नु पर्ने कुरामा जोड दिए ।

त्यसै गरी नेपाल नेत्रहिन संघका निर्देशक नरबहादुर लिम्बुले सो प्रतिष्ठानले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धिको भावना अनुरुप पाठ्यक्रमको व्यवस्था गर्नु पर्ने बताए । उक्त कार्यक्रममा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस