अनशनको २५ औं दिनमा डा. केसी र सरकार पक्षबीच वार्ता सुरु

D kc

काठमाडौं । सरकार पक्ष र २५ दिनदेखी आमरण अनसनरत डा. गोविन्द केसीबीच मंगलबार वार्ता सुरु भएको छ ।डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग वार्ता सुरु भएको हो ।

औपचारिक वार्ता सुरु हुनुअघि सरकारी टोली र डा.केसी पक्षबीच सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भेटवार्ता भएको थियो।उनले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए ।

सरकारी वार्ता टोलीका सदस्य सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलले सिंहदरबार आउनु अगाडि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालसँग छलफल गरेका थिए।

सिंहदरबारमा भएको छलफलमा डा. केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्नुपर्छ भनेर लिखित नै दिएको छ । स्रोतका अनुसार १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने लगायतका बुँदा छन् ।

शिक्षा मन्त्रालयमा भएको वार्तामा डा. केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे गएका छन् ।

सरकारले यसअघि नै डा. केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

 

प्रतिकृया दिनुहोस