पानीको माग गर्दै किसानले पूजा गरे

Pani naparaypaxi bali

तुलसीपुर । खडेरीका कारण खेती हुन नसकेको भन्दै किसानले पानीको माग गर्दै कुलोको मुहानमा पूजा गरेका हुन् ।

आषाढ अन्तिम सम्ममा धान रोपीसकनु पर्ने तर साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै तुलसीपुर क्षेत्रको सात गाउँका किसानले शनिबार भुमेबर्माको पूजा गरेको कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताए ।

उनले पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पर्छन् भन्ने जनविश्वासका कारण पूजा गरिएको हो भने ।

सयौँको सख्यामा कुलोको मुहानमा पूजा गर्न पुगेका किसानले कुखुरा र बोकासमेत काटेर बलि थिए । समयमा पानी नपर्दा किसान निकै चिन्तित् रहेका छन् । पानी नपर्दा तुलसीपुरको हजाराँै बिगाह जमीन बाँझै रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...