एकै परिवारका ४ जनाले सेतीमा हाम फाले

V

डोटी । आमा, २ छोरा र १ छोरी सहित एकै परिवारका ४ जनाले सेती नदीमा हामफालेका छन् । जसमध्ये ३ जना बेपत्ता भए भने, १ जनाको उद्दार गरिएको छ ।

आदर्श गाउँपालिका-४ की २८ वर्षिय धौलीदेवी बोहरा, उनकी १२ वर्षिय छोरी राधिका बोहरा, ८ वर्षिय छोरा सुरेन्द्र बोहरा र ६ वर्षिय छोरा सुनिल बोहराले सामुहिक रुपमा सेती नदीमा हाम फालेका हुन् ।

उनीहरुले बैतडीको ढुङ्गाड र डोटीको तलारा जोड्ने झोलुङ्गे पुलभन्दा करिब १०० मिटर तल सेती नदीमा हामफालेको बताइएको छ ।

जसमध्ये सुरेन्द्रलाई सोही ठाउँमा माछा मारिरहेका आदर्श गाउँपालिका-५ का मानवहादुर बिकले उद्दार गरी बचाए । घटना साउन १ गते साँझ ६ बजेतिरको हो । घटनाको बारेमा प्रहरीले शुक्रबार मात्रै जानकारी भएको बताएको छ । आदर्श गाउँपालिका-४ का वडाध्यक्ष नारायण पछेराले घटनाबारे जानकारी गराएका थिए ।

‘स्थानीयले पहिले आफै खोजे छन् । पछि स्थानीय अगुवा बसेर प्रहरीलाई खबर गर्नुपर्छ भनेपछि वडाध्यक्षले हामीलाई खबर गर्दा ढिलो भयो ’प्रहरीले भन्यो ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । बेपत्ता भएकी धौलीदेवीका श्रीमान बमहहादुर बोहरा, उद्धार गरिएका बालक सुरेन्द्र लगायत स्थानीयलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस