अत्यधिक गर्मी, तापक्रम ४२ डिग्री पुग्यो !

Sun light

महोत्तरी । महोत्तरी जिल्लामा ३ दिन यता बढेको अत्यधिक गर्मीसंगै चलेको तातो हावाले जनजीवन प्रभावित भएको छ ।

पछिल्लो ३ दिन यता जिल्लामा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । चर्को घाम र मध्यान्हमा चल्ने तातो हावाको कारण सर्वसाधारण घर बाहिर निस्कनसमेत समस्या भएको छ । पानी नपरेको कारण समेत तापक्रममा वृद्धि भएको हो । विगत २ हप्तादेखि यस क्षेत्रमा बर्षा भएको छैन ।


बढ्दो गर्मीको कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत केही दिन देखि प्रभावित बनेको छ । महोत्तरीमा अस्वभाविक रुपमा तापक्रम बढेको र सर्तकता अपनाउन सुझाव चिकित्सकहरुले सुझाव दिएका छन् ।

तातो हावा चलेको कारण लु लाग्ने सम्भावना रहको भन्दै चिकित्सकहरुले गर्मीमा छाला ढाक्ने कपडा लगाउन, घाममा धेरै नहिँड्न, प्रशस्त मात्रमा पानी पिउन, छहारीमा बस्न, घाममा काम नगर्न, घाममा निस्कँदा छाता लगाएर निस्किन चिकित्सकहरुले सुझाव दिएका छन् ।

गर्मीको कारण दैनिक मजदुरी गरेर जीवनयापन गर्ने मजदुरहरु बढी प्रभावित बनेका छन् । गर्मीका कारण बालबालिका, वयस्क र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले केही दिन यता विरामीको संख्या बढेको बर्दिवास अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...