नवलपरासीको चिसापानीमा सर्पदंशको उपचार शुरु

Sarpadansa

नवलपरासी । नवलपरासीको बर्दघाटमा सरकारको स्वामित्वमा रहेको चिसापानी अस्पतालले सर्पदंशको उपचार सेवा शुरु गरेको छ ।

यस क्षेत्रमा सर्पदंशको उपचार सुविधा नहुँदा सर्पदंशपछि समयमै अस्पताल पुर्याउन नसकेका कारण ज्यानै गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएकोे आवश्यकतालाई महसुस गरी सर्पदंशको उपचार सेवा थप गरिएको र सर्पदंशको उपचार सेवा शुरु भएपछि तत्काल उपचार गर्न सहज हुने अस्पताल विकास समितिका अध्यक्ष कुलदीप आचार्यले जानकारी दिए ।

सर्पदंशका कारण हुने मृत्युदर कम गर्नका लागि चिसापानी अस्पतालमा शुरु गरिएको सर्पदंशको उपचार सेवा प्रभावकारी हुने अस्पतालका डा मन्जिला घिमिरेले जानकारी दिए ।

नवलपरासीमा सर्पदंशको उपचारका लागि त्रिवेणीमा रहेको नेपाली सेनाको क्याम्प र जिल्लाको पृथ्वी चन्द्र अस्पताल, परासीमा उपचार सुविधा रहँदै आएकोमा चिसापानी अस्पतालमा पनि यो सेवा थप गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...