बिहीबार आकस्मिक बाहेकका सबै सेवा ठप्प, कर्मचारीसँग वार्ता नगर्ने केसीको अडान

Nepal medical association

काठमाडौं । नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।

आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै संघले देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने घोषणा गरेको हो ।

चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने र दिउँसो १ बजे माइतीघर मण्डलामा भेला हुने निर्णय गरेको छ । सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने संघले चेतावनी समेत दिएको छ ।

संघले सरकारी वार्ता टोलीले डा. केसीसँग वार्ता गर्न भन्दा पनि डाक्टर केसीलाई काठमाडौं ल्याउने प्रयास भएको आशंका व्यक्त गरेको छ ।

जुम्लामा १९ दिनदेखि अनशनरत डा. केसीसँग सरकारले कर्मचारी सम्मिलित वार्ता टोली बनाएर दुई चरणसम्म वार्ता गरेपनि निष्कर्ष निस्केको छैन । सरकारले आवश्यक म्यान्डेट नै नदिई कर्मचारीको वार्ता टोली बनाएको भन्दै डा. केसीले कर्मचारीसँग वार्ता नगर्ने घोषणा गरेका छन् । सरकारले डा. केसीको जीवन रक्षाको पहल नगरेको र माग पुरा गर्नतर्फ संवेदनशीलता नदेखाएको भन्दै देशभरका चिकित्सकहरु आन्दोलित छन् ।

कर्मचारीसँग वार्ता नगर्ने  
यता, जुम्लामा १९ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीले कर्मचारीसँग वार्ता नगर्ने घोषणा गरेका छन् । सरकारले कर्मचारीलाई म्यान्डेट नै नदिई वार्ता गर्न पठाएको भन्दै डा. केसीले जुम्लाको खलङ्गाबाट बुधबार विज्ञप्ति प्रकासित गरी कर्मचारी सम्मिलित सरकारी टोलीसँग वार्ता नगर्ने घोषणा गरेका हुन् ।

‘हामीसँग प्रारम्भीक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको अवस्था छ’ केसीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक म्यान्डेट नै नदिई कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम मात्रै भएको छ । फलस्वरुप हाम्रा मागको अन्तर्बस्तुमा गएर सार्थक वार्ता शुरु हुन सकेको छैन ।’

कर्मचारीको टोली पठाएर सरकारले झारा टार्ने मात्रै काम गरेको भन्दै डा. केसीले सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको आरोप सकेत लगाएका छन् । ‘हामीले उठाएका एजेण्डाप्रति सरकार उदाशीन रहेको देखिन्छ’ केसीले भनेका छन्, ‘यो अवस्थामा हाम्रा माग सम्बोधन गर्नका लागि सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य छैन ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र अनशनरत केसीले वार्तालाई तार्किक निचोडमा पुर्‍याउन संसदमा दर्ता चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने पनि अडान लिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...