बाग्लुङको बुर्तिवाङ बजारका दर्जन घर पहिरोले पुरिए

Burtibang 1 1872018044620 600x0

बागलुङ । बुर्तिवाङ बजारमाथिबाट खसेको पहिरोका कारण एक दर्जन बढी घरहरु पुरेको छ । मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले बजारका घरहरु पुरेको हो ।

पहिरोका कारण मानवीय क्षती नभएपनि धेरैको बास गुमेको छ । बुर्तिवाङ अस्पतालको पहिलो तल्ला ढुंगामाटोले पुरिएको छ । पहिरो खस्न थालेपछि धेरैले भागेर ज्यान बचाएको ईलाका प्रहरी कार्यालयका निरिक्षक ओमप्रकाश यादवले बताए।

यस्तै पहिरोले मध्यपहाडी लोकमार्गको केही खण्ड पनि पुरेपछि बुधबार रात्री सेवा र बिहीबार बिहान छुट्ने सवारी अलपत्र परेको प्रहरीले बताएको छ ।

प्रहरी र स्थानीयले रातिदेखि नै उद्दारको काम थालेका थिए। प्रहरीका अनुसार ११ घरमा पूर्ण क्षति, १२ घरमा आंशिक क्षति पुगेको हो। त्यस्तै २ वटा ग्रील उद्योग, १ फर्निचर र १ कुटानी पिसानी मिल पुरिएको छ।

बजारभर हिलो पसेकोले पैदल हिँड्न पनि सास्ती भएको छ। तल्लो बजार तर्फको जनजीवन कष्टकर भएको यादवले बताए। पहिरो पीडितहरुको खाद्यान्न, लत्ताकपडा र पशुचौपाया समेत पुरिएका छन्। धेरैजसोले पालेका कुखुराहरु सबै पुरिएको सुवेदीले बताए। प्रहरीले उद्दारको काममा खटिने बाहेकलाई सुरक्षित स्थानमा बस्न भनेको छ ।

बजारदेखि भवरेटा जाने ग्रामीण सडक खनेको ट्रयाकबाट पानी सोहोरिएपछि बजारमा पहिरो चलेको प्रहरीले बतायो। पानीले ढुंगा, माटो एकैसाथ ल्याएकोले ठूलो पहिरोको रुप लिएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...