पर्वत र धादिङमा पहिरो, ६ वटा घर बगे, एक जनाको मृत्यु

Pahiro

काठमाडौ‌ । अविरल वर्षापछि पर्वतको जलजला गाउँपालिकामा मंगलबार राती गएको पहिरोले पाँचवटा घर वगाएको छ । पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

पहिरोले घर बगाउँदा जलजला गाउँपालिका –८, लस्तीका बमबहादुर परियारका छोरा १७ वर्षीय विकास परियारको मृत्यु भएको हो ।

पहिरोले सो गाउँका चार घर बगाएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए। पहिरोपछि सम्पर्कविहिन भएका ६ जना सम्पर्कमा आएका छन्। उनीहरु सबै घाइते छन्।

पहिरोबाट उच्च जोखिममा परेका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रमा गएरातीदेखि नै प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतबाट डिएसपी घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ।

अहिले पनि अबिरल वर्षा भइरहेकाले पहिरो पीडितको उद्धारमा कठिनाई भएको डिएसपी घिमिरेले जानकारी दिए।

यसैबीच जलजला –८, धाइरिङमा पनि पहिरोले घर बगाउँदा ६ जना घाइते भएका छन्। स्थानीय भिमलाल आचार्यको घर पहिरोले बगाउँदा ६ जना घाइते भएका हुन्।

धाइरिङस्थित मिलन चोक प्रहरी चौकीका इञ्चार्ज कृष्णबहादुर नेपालीकाअनुसार घाइतेलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा भर्ना गरिएको छ । पहिरोले पर्वतको मालढुंगा–बेनी सडकखण्ड समेत अबरुद्ध भएको छ ।

प्रतिकृया दिनुहोस