डा. केसीको स्वास्थ्य जटिल बन्यो, मुटुको चाल जुनसुकै बेला बन्द हुन सक्ने चिकित्सकको चेतावनी

Gobinda kc

काठमाडौं । काठमाडौंमा सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच वार्ता असफल बन्दै गइरहेका बेला डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

१९ औँ दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भिर बन्दै गएको छ ।

डा.केसीको स्वास्थ्य अवस्था सोमबार रातिबाट अचानक थप जटिल बन्दै गएको छ । छातीमा असह्य पीडा र सास फेर्न गाह्रो भएपछि डा. केसीले सहयोगका लागि चिकित्सकहरु गुहारी रहेका छन् । प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुसार केसीलाई असह्य पीडा भएपछि अक्सिजनको मात्रा बढाइएको छ ।

रगतमा अक्सिजनको मात्रा ७०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको छ । सोमबार रातिबाट केसीको इसिजिमा एक्टोपिक बिट्सहरु देखिन थालेको उनले बताए । रगतमा इलेक्ट्रोलाइट्सहरुको घटबढ भएपश्चात मुटुको चालमा परिवर्तन भइ एक्टोपिक बिट्सहरु देखिएको उनले बताए ।

‘यसरी मुटुको चाल परिवर्तन हुनु निकै नै खतराको संकेत हो, यस किसिमका चालहरु आइरहेमा बिरामीको मुटु जुनकुनै बेला पनि बन्द हुनसक्छ’ उनले भने, ‘अस्पतालले इमर्जेन्सी म्यानेजमेन्टका लागि उपकरण र औषधिहरु तयारी अवस्थामा राखेको छ ।’

केसीलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आइसके पनि प्रतिष्ठानमा आइसियु नहुँदा उनको ज्यान जोखिममा परेको छ । यही अवस्था आए डा. केसीलाई बचाउन चुनौती हुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

केसीको जीवनरक्षाका लागि उनलाई जुनसुकै समयमा पनि एयरलिफ्ट गर्नुपर्ने अवस्था छ । तर केसी एयरलिफ्ट गर्न अस्वीकार गर्दै आएका छन् । सरकारले पटकपटक उनलाई काठमाडौं ल्याउने प्रयास गरे पनि आफ्ना माग पूरा नभई काठमाडौं नआउने अडान राखेका कारण काठमाडौं ल्याएर उपचार गर्ने सरकारको योजना त्यसै तुहिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...