चितवनलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Chitwan 1

चितवन । चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

सबै बालबालिकालाई आवश्यक पर्ने सम्पूर्ण खोप लगाइएको निश्चित भएपछि सोमबार चितवनलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका स्थानीय तहलाई ७१ सालको असार १८ देखि खोप सुनिश्चित गर्न सुरु भएको थियो । भरतपुर महानगरपालिकासँगै जिल्ला नै खोप सुनिश्चित भएको छ ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति चितवनका सदस्य सचिव तथा जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जिल्लामा पूर्ण खोप प्राप्त गरेका बालबालिका ७ हजार ५ सय ८९ भएको जनाए ।

‘१२ देखि २३ महिनाभित्रका बालकालिकाको सर्वेक्षण गर्दा खोप नलगाएका र लगाउनुपर्ने कोही नभेटिएपछि हामीले खोप सुनिश्चित जिल्ला घोषणा गरेका हौँ’ झाले भने । पूर्ण खोप नगरपालिका तथा गाउँपालिका सुनिश्चित गर्ने कार्य्विधि निर्दे्शिकाबमोजिम महिला स्वास्थ्य स्वयंसेविकाले जन्मेदेखि १५ महिनासम्म र १६ महिनादेखि २३ महिनासम्मको बालबालिकाको सर्वेक्षण गरेको उनले बताए ।

नेपालमा बिफर उन्मूलनपछि वि.सं. २०३४ सालबाट बालबालिकालाई खोप दिने अभियान सुरु भएको हो ।
जन्मेदेखि १५ महिनासम्म बालबालिकालाई विभिन्न रोगविरुद्ध ११ प्रकारका खोप दिने गरिन्छ ।

तवनमा ०७१ को असारमा तत्कालीन फूलबारी गाविसलाई जिल्लाको पहिलो पूर्ण खोप सुनिश्चित भएको क्षेत्र घोषणा गरेको र अन्तिम पटक घोषणा भएको भरतपुर महानगरमा १ हजार २ सय ८४ बालबालिका रहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...