मिठो बोलीले भयो रबिनाको जिन्दगी घर न घाटको

Rabina badi 1

काठमाडौं । रबिना बादी सुर्खेतस्थित रेडियो भेरी गंगामा ‘खोजी प्रतिभा’ कार्यक्रम सञ्चालन गर्थिन् । मिठो स्वरमा एउटी युवतीले कार्यक्रम सञ्चालन गर्दा स्रोताले मन पराउनु स्वभाविक थियो ।

बर्दिया बाँसगढी –१ बेलवा बेतिनीका श्यामलाल ओली जाजरकोट राउत गाउँकी रबिना बादीका स्रोता थिए । समयले परिवर्तनशील छ । सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । रेडियोको स्रोतासँग रविनाको भेट त्यही सामाजिक सञ्जालले गराइदियो ।

स्रोता र प्रस्तोता बीचको सम्बन्ध फेरिँदै गयो । एकापसमा प्रेम झांगिन थाल्यो । अन्ततः श्यामलाल ओली र रबिना बादीबीच प्रेम विवाह भयो । अहिले रबिना प्रेमको नासो बोकेर न्याय खोज्दै काठमाडौंमा भौतारिरहेकी छन् ।

यसरी टुट्यो नाता
दुबै जनाले पारिवारिक सल्लाहमै विवाह गरेका थिए । तर, पछिल्ला दिनमा श्यामलालका लागि रबिनाको जात घाँडो बन्यो । घर परिवार र नातागोता सबैका लागि रबिना आँखाको तारो बनिन् । कसरी उनलाई पन्छाउन सकिन्छ भन्ने भयो ओली परिवारका लागि ।

प्रारम्भमा सम्बन्ध राम्रो थियो । तर, जब रविना गर्भवती भइन्, त्यसयता उनका लागि दुःखका दिन सुरु भए । त्यही दुःखले उनी काठमाडौं आएर खोजिरहेकी छन् ।

‘श्रीमानले मेरो गर्भको बच्चा नराख्न भन्नुभएको थियो, मैले मानिनँ’ रबिनाले भनिन्, ‘पेटको बच्चा बढ्दै गएपछि ममाथि टर्चर भयो, कहिले काहीँ कुटपिटसम्म पनि गर्नुभयो । मैले सहँदै आएको छु ।’

झण्डै डेढ महिनादेखि रविनाका श्रीमान श्यामलाल सम्पर्कविहीन छन् । श्यामलालको खोजी उनले भएभरको प्रयासबाट गरिरहेकी छन् । तर, उनी सम्पर्कमा आउन चाहेका छैनन् । ‘उहाँले म दलित भएकै कारण मलाई छोड्न खोज्नुभएको हो’ उनले भनिन्, ‘उहाँ र उहाँको परिवारलाई म दलित भएको थाहा थियो । मैले श्याललाललाई भेट्नु भन्दा पहिलो उहाँको घर परिवारलाई भेटेको हुँ ।’

न्याय पाउने आस
उनी केही समय यता घर न घाटको भएकी छन् । डेढ महिनाअघि श्रीमानसँगै नुवाकोट जाने भनेर नेपालगञ्ज बसपार्क पुगेकी रबिना त्यही दिनदेखि अलपत्र परिन् । उनले श्रीमान भेट्ने आसमा नेपालगञ्जको गर्मी सडकमै बसेर पार गरिन् । तर, उनका श्रीमान अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

श्रीमानले आफुलाई बेपत्ता पार्ने प्रयास गरेको थाहा पाएपछि उनी न्याय माग्न धेरै ठाउँमा पुगिन् । बाँके, बर्दिया र कैलालीका सबै निकायमा न्यायको ढोका घचघच्याउँदै पुगिन् । तर अहिलेसम्म न्याय पाउने छाँटकाँट नै छैन ।

बल्लबल्ल उनी श्री महिला तथा बालबालिका सेभ साउसको सम्पर्कमा पुगिन् । अहिले सेभ हाउसकै सहयोगमा सोमबार काठमाडौं आएर न्यायको खोजी गरिरहेकी छन् ।

‘हामीले त अन्यायमा परेका महिलाहरुको न्यायका लागि पहल गर्ने मात्रै हो’ सेभ हाउसकी अध्यक्ष जानकी मलासीले निशान न्युजसँग भनिन्, ‘अन्तरजातीय विवाह गरेकै कारण एउटी नारीले श्रीमान गुमाउनु नपारोस् भनेर लागेका छौं ।’

छोराकै चिन्ता
उनको प्रेमको नासो अर्थात् छोरो अहिले ५ महिनाको भइसकेका छन् । उनको साथमा श्रीमान नभए पनि छोरो छ । श्रीमानसँग विवाह गरेको विवाह दर्ताको प्रमाण पत्र छ ।

त्यही एउटा छोरा पनि मुटुका रोगी छन् । ‘पटकपटक जचाउँदा छोरालाई मुटुको रोग देखियो’ रबिनाले भनिन्, ‘उहाँलाई (श्रीमान) लाई पनि थाहा छ । तर, उहाँले परिवार समाजको कुरा सुनेर मलाई हेला गर्नुभयो ।’

उनी श्रीमानको मानसिक र शारीरिक यातना सहन नसकेर आत्महत्या पनि गर्न खोजेकी थिइन् । तर, छोराकै लागि भए पनि बाच्नुपर्छ भनेर आत्महत्या नगरेको उनी बताउँछिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...