आज पनि केसी र सरकारबीच वार्ता, चाबी प्रधानमन्त्रीकै हातमा

Gobinda kc

काठमाडौं । सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच आज –मंगलबार पनि हुने भएको छ । सोमबार भएको वार्तामा पहिलो बुँदामै कुरा नमिल्न नसक्दा वार्ता स्थगित भएको थियो ।

सोमबारको वार्तामा मंगलबार पुनः वार्ता गर्ने सहमति भएको छ । वार्तामा डा. केसी पक्षधरले संसदमा दर्ता भएको विधेयक फिर्ता लिएर अध्यादेश अनुसारको विधेयक दर्ता गराउनुपर्ने अडान राखेका थिए ।

डा. केसीको मागमा वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो ।

सोमबारको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी सहभागी थिए । डा. केसीका तर्फबाट डा. अभिषेक सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी थिए ।

सोमबार वार्ता टोलीले डा. केसीले उठाएको प्रमुख माग चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार नै आउनुपर्ने पहिलो सर्त राखेको थियो । तर, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्ने बताएपछि वार्ता विनानिष्कर्ष टुंगिएको थियो ।

डा. केसी पक्षधरहरुले पनि सिधैं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न चाहेका छन् । अन्य सरकारी प्रतिनिधिले डा. केसीले उठाउँदै आएका माग सम्बोधन गर्नसक्ने गरी सहमति गर्न अवस्था पनि छैन । त्यही भएर पनि डा. केसीको माग पूरा गर्ने दायीत्व प्रधानमन्त्री कै हातमा पुगेको छ ।

प्रधानमन्त्री ओलीले अनसनरत डा. केसीको माग पूरा गर्ने प्रतिवद्धता नजाएसम्म डा. केसी अनसन तोड्ने पक्षमा छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...