डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति

Gobinda kc

काठमाडौं । सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

मन्त्रीपरिषदको सोमबार बसेको बैठकले जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक डा. केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहने व्यवस्था पनि ग रिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

वार्ता टोलीलाई वार्ताको कार्यविधि र स्थान आफै तय गर्ने कार्यादेश दिइएको छ । १९ दिनयता जुम्लामा पुगेर आमरण अनसन बसेका वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि पहल गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विभिन्न पेशा र व्यवसायमा संलग्नहरुले काठमाडौंमा दैनिक प्रर्दशन गर्दै आएका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै १७ दिन देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनशनरत डा. केसीको अवस्था गम्भीर बन्दै गएको बताइएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको स्वास्थ्य अवस्था विग्रदै गईरहेको छ ।

शरीरमा म्याग्नेसियमको मात्रा कमजोर हुदै गएको र घाँटीमा संक्रमण देखिएको छ । मेडिकल डाईरेक्टर डा. पुजन रोकायले डा। केसीको स्वास्थ्य अवस्था गम्भीर देखिएको वताए । डा. केसीले सरकारले आफ्नो माग प्रति चासो नदेखाएको भन्दै रगत जाच गर्न दिएका छैनन् भने औषधी लिन पनि मानेका छैनन् ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै संयुक्त संघर्ष समिति जुम्लाले तत्काल डा. केसीसँग वार्ता गरी समस्या समाधान गर्न माग गरेको छ। सयुक्त संघर्ष समितिले सोमवार पनि सदरमुकाम खलंगामा जुलुस निकालेर डा. केसीको जीवन रक्षाको माग गरेको हो ।

डा. केसीले उठाएका माग सर्वसाधरण नागरिकको स्वास्थ्यमुखी भएको भन्दै समितिले जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्रसमेत पेश गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...