साउन ३ देखि सबै अस्पताल बन्द गर्ने संघको चेतावनी

Nepal medical association

काठमाडौं । जुम्लामा अनसन बस्दै आएका डा. गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले देशभरका सबै अस्पतालहरु बन्द गर्ने भएका छन् ।

संघले डा. केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै संघले सरकारलाई माग पूरा गर्न ४८ घण्टाको समय पनि दिएको छ । संघले सरकारले संघको मागलाई सबोधन नगरे साउन ३ देखि बाट देशभरका सबै अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ ।

संघले आइतबार विज्ञप्ती जारी गर्दै तोकिएको समय सीमाभित्र पनि माग पुरा नभए संघले बिहिबारबाट देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गर्ने जनाएको छ ।

असार १६ देखि जुम्लामा अत्यन्त जोखिमका साथ अनसनमा बसेका संघका आजीवन सदस्य प्रा. डा. केसीको जीवन रक्षाका निम्ति प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री र राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर आग्रह गर्दा पनि कुनै चासो नदेखाएको संघको आरोप छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...