जलेश्वरमा २ समूहबीच झगडा हुँदा ११ गम्भीर घाइते

Ghaite

महोत्तरी । जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा २ समूहबीच झै झगडा हुँदा ३ महिलासहित ११ जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा महिलातर्फ जलेश्वर–९ आगेपुर बस्ने २६ वर्षीया नगिना खातुन, १६ वर्षीया अप्सना खातुन, ४० वर्षीया रसिदा खातुन रहेका छन् ।

त्यस्तै पुरुषतर्फ ३० वर्षीय साजिर कवारी, ५१ वर्षीय जैनुल कवारी, ११ वर्षीय सजिबुल राईन, २० वर्षीय महमुद राईन, ४० वर्षीय मुनिफ राईन, ४५ वर्षीय अजिम राईन, ५५ वर्षीय हलिम राईन र ४९ वर्षीय मुकिम राईन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

राति १०ः३० बजे घरेलु हात हतियारसहित भएको सो घटनामा टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न अंगमा घाउ चोट लागेर गम्भीर घाइते भएकाको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...