डा. केसीको समर्थनमा दिनहुँ माईतीघरमा प्रर्दशन, केसीको अवस्था बिग्रिदै

Dr k.c. 30

काठमाडौं । जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको समर्थनमा आज पनि माइतिघर मण्डलामा प्रदर्शन भएको छ । डा. केसीको माग सम्बोधन गर्न दबाव दिन माईतीघर मण्डलामा विभिन्न प्रवुद्ध समूहहरुले प्रर्दशन गरेका हुन् ।

वरिष्ठ चिकित्सक केसीको माग तत्काल सम्बोधन गर्न माग गर्दै समर्थकहरुले प्रदर्शन तथा नारावाजी गरे । उनीहरुले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि पनि सरकारले माग सम्बोधनमा ढिलाई गर्न नहुने पनि स्पष्ट पारेका छन् ।

जनताको माग राखेर आमरण अनसनमा बसेका केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन प्रर्दशनमा सहभागी हुनुपरेको प्रर्दशनमा सहभागी विजयबाबु शिवाकोटीले बताए ।

वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिँदै काठमाडौंमा विभिन्न पेशा र व्यवसायमा संलग्नहरुले दैनिक प्रर्दशन गर्दै आएका छन् । उनीहरुले जुम्लामा पुगेर आमरण अनसन बसेका चिकित्सक केसीको जीवन रक्षा गर्न चासो नदिएको भन्दै सरकारको चर्काे आलोचना समेत गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...