कालिकोटमा ६ जना प्रसुतिको मृत्यु

P w d

कालिकोट । यो वर्ष कालिकोटमा ६ जनाको प्रसूति व्यथाले ज्यान गएको छ ।

विकट बस्ती, यातायातको असुविधा र सुविधा सम्पन्न अस्पताल नभएकाले पनि कालिकोटमा आमा(बच्चाको जीवन सुरक्षा गर्न नसकिएको अस्पताल स्रोतले जनाएको छ ।

पूर्ण सुरक्षित मातृत्व घोषणा गर्न सबै गर्भवती र सुत्केरीले स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनु पर्ने जस्ता सूचक पूरा गरेर पूर्ण होमडेलिभरी घोषणाको अभियान स्वास्थ्यकर्मीले थाले पनि कालिकोटमा आमाको मृत्युदर बढ्दै गएको छ ।

पुर्ण होमडेलिभरी घोषणा गरेर विभिन्न ९ वटा सूचक पुरा गरी आमा बच्चाको जीवन सुरक्षाको योजना बनाएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आमा र बच्चाको मृत्युदरले समस्यामा पारेको छ ।

कालिकोटमा स्वास्थ्यकर्मीहरुले शून्य होम डेलभरी, शून्य मातृ मृत्युदर जस्ता अभियान चलाइरहेका छन् । तर कालिकोटको तिलागुफा नगरपालिका ११ रुडुकी ३० वर्षीया राइकोष थापालाई उक्त अभियानले छोएन । उनले बच्चा जन्माएको २ घण्टामै अत्याधिक रक्क्तश्रावका कारण ज्यान गुमाउनु र्पयो ।

स्वास्थ्यकर्मीले नै उनलाई स्वास्थ्य संस्थामा जान आग्रह गर्दा घरमै बच्चा जन्माउँछु भनेर जिद्दी गरेको र अत्यधिक रक्तश्रावका कारण ज्यान गएको तिलागुफा नगरका स्वास्थ्य संयोजक दुर्ग प्रसाद आचार्यले बताए ।

यो घटना २५ गतेको भएपनि २७ गते मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी गराइएको अस्पतालका सिनियर अनमी सेतु शाहीले बताइन् । राइकोष थापाले चौथो सन्तान जन्माउने क्रममा ज्यान गएको हो ।

कालिकोटको तिलागुफा नगरपालिकामा पनि शून्य होम डेलिभरी, आमा बच्चा सुरक्षा कार्यक्रम जस्ता अभियान सन्चालन भइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन...