भक्तपुरको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Free health

भक्तपुर । असार २७ देखिको अविरल वर्षापछि आएको बाढीले प्रभावित क्षेत्रमा संयुक्त रुपमा सरसफाई तथा निःशुल्क स्वस्थ्य शिविर सम्पन्न गरिएको छ ।

हनुमन्ते, सल्लाघारीका विभिन्न स्थानका स्थानीय बासिन्दाहरुलाई लक्षित गर्दै सल्लाघारी एलुम्नाई एशोसियशन नेपाल र डिक्यानद्वारा सम्पन्न गरिएको छ ।

बाढीबाट प्रभावित ती क्षेत्रमा स्थानीय जनजीवन अस्तव्यस्त भएका कारण विगत केही दिनदेखि स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दै आइरहेकाले स्वास्थ्य शिविरमा पानीजन्य रोगको रोकथामको लागि पियुुस लगायत पानी स्वच्छ बनाउने औषधी एवम् जीवनजल समेत निःशुल्क वितरण गरियो ।

कार्यक्रममा रुक्माङ्गत कटुवाल ट्रष्टका अध्यक्ष तथा नेपाली सेनाका पूर्व महारथी रुक्माङ्गत कटुवाल र सल्लाघारी एलुम्नाई एशोसियशन नेपालका अध्यक्ष नेपाली सेनाका पूर्व उपरथी ताराबहादुर कार्कीको उपस्थिति रहेको थियो ।
शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा २०० भन्दा बढी स्थानीयवासीहरुले स्वास्थ्य परीक्षण गराउनुका साथै जीवनजल र बोतल पियुस निःशुल्क वितरण गरिएको कार्यक्रम संयोजक डा. राजेन्द्र केसीले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

साउन महिनाको अन्तिम शनिबार, श्री शनी देवको पुजा गर्दै हेर्नुस् आज साउन ३१ गतेको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समा...