स्वास्थ्यकर्मीको यस्तो लापरवाही : शौचालयमै जन्मियो शिशु

Born baby

काठमाडौ‌ । २४ घण्टा प्रसूति सेवा प्रदान गर्ने भनिएको मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियाको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा एक महिलाले शौचालयमै शिशुलाई जन्म दिएकी छन् । सुनवर्षी नगरपालिका ९ की २६ वर्षीया दौलतीकुमारी साहले शौचालयमा शिशुलाई जन्म दिएकी हुन् ।

स्वास्थ्य चौकीका सबै स्वास्थ्यकर्मी विदामा बस्दा महिलाले शौचालयमै बच्चा जन्माउनु पर्ने अवस्था आएको हो । प्रसव व्यथाले च्यापेपछि डाइनिया स्वास्थ्य चौकीमा साहलाई आफन्तले विहान ११ बजे प्रसूति गराउन लगेका थिए।

दौलतकुमारीलाई फूपु रोहितकुमारी साहले घर नजिकैको स्वास्थ्य चौकीमा पुर्याउँदा कोही स्वास्थ्यकर्मी थिएनन् । त्यहाँ पु¥याएको लगभग एक घण्टापछि शौचालय लगिएकी साहले त्यहीँ छोरी जन्माएकी हुन् ।

दोलतकुमारीका दाजु रञ्जीतले चौकीले बारम्बार यस्तै लापरवाही गरिरहेको बताए । ‘२४ घण्टा प्रसूति सेवा प्रदान गर्नुपर्ने ठाउँमा चरम लापरवाही छ । हामी त्यहाँ पुग्दा स्वास्थ्यकर्मी कोही पनि थिएनन्,’ उनले भने, ‘चौकीका सहयोगी मात्रै थिए । सहयोगीले प्रसूति गराउन सक्ने सम्भाव थिएन ।’

यही असार २१ गते पनि त्यही स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएको अवस्थामा एक महिलाले बच्चा जन्माएकी थिइन् । स्वास्थ्यकर्मीको गैरजिम्मेवारीका कारण शौचालयमा बच्चा जन्मिएको भन्दै सुत्केरीका आफन्त आक्रोशित बनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...