परिवर्तन हुँदै देवानी संहिता, अब श्रीमानले चाहे पनि सम्बन्ध बिच्छेद

Divorceb

काठमाडौ‌ । अहिलेसम्म सम्बन्ध विच्छेद महिलाले चाहेमा सजिलै गर्न सक्छन् भने पुरुषहरुका लागि निकै असहज विषय बनेको छ । कतिपय श्रीमान्हरु न श्रीमतीसँग सम्बन्ध बन्न सक्ने न त सम्बन्ध विच्छेद नै हुनसक्ने अवस्थामा छन् ।

जीवनभर पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुपरेका कैयौं श्रीमान्हरु समाजमा छन् । तर अब यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुपर्छ, ति पुरुषले आफैँ सम्बन्ध विच्छेदको निवेदन दिन पाउनेछन् ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले यस्तो व्यवस्था गरेको हो । यो संहिता आगामी भदौ १ गतेबाट लागू हुँदैछ।

परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ । विद्यमान कानुन श्रीमानको हकमा त्यति लचक छैन। श्रीमतीले चाहेमात्र छिटो सम्बन्ध विच्छेद हुनसक्छ ।

नयाँ ऐनको दफा ९४ मा पतिले सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी व्यवस्था छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...