कानका गहना लुट्न नदिँदा वृद्धाको हत्या

Images1

धनकुटा । धनकुटामा एक वृद्धाले नाक, कानमा लगाएको गहना लुट्न आएका लुटेराहरुले कुटपिट गरी वृद्धाको हत्या गरेका छन् ।

छथर जोरपाटी गाउँपालिका–५ की ६० वर्षीया नरमाया लिम्बूको घरमा कोही नभएको मौका पारी लुटपाट गर्न आएका दुई जनाले उनको हत्या गरेका हुन्। वृद्धालाई कुटपिट गरी लुटेराले डेढ तोला सुनका गहना लुटेका थिए ।

शुक्रबार राति स्थानीय १९ वर्षीय रोहित लिम्बू १६ वर्षीय शुक्रराज लिम्बूको कुटपिटबाट घाइते भएकी वृद्धाको उपरचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी लिम्बूलाई धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रकुमार गुरुङले बताए ।

आरोपी दुवैलाई चोरी गरेका गहनासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखिएको उनीहरु दुवैलाई कर्तव्य ज्यान मुद्दा चलाइने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...