गंगामायाले तोडिन् अनसन, के भयो सहमति ?

Ganga maya adhikari

काठमाडौं । जेठ १५ देखि अनसनमा बसेकी गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् ।

सरकारसँग दुई बुँदे सहमति गरेपछि अधिकारीले शुक्रबार आफ्नो अनसन स्थगित गरेकी हुन् । उनलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन तोडाएका थिए ।

उनका पति नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो । उनका छोरा कृष्णप्रसादको तत्कालीन विद्रोही माओवादीले हत्या गरेका थिए ।  हत्याका मुख्य अभियुक्त भनिएका रुद्र आचार्य भने बेलायतमा लुकेर बसेका छन् । उनलाई प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ ।

उनले कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएपछि अनसन तोड्न राजी भएकी थिइन् ।

गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन् ।

गंगामायाले यो १० दिनमा केही प्रगति भएन भने फेरि अनसन बस्ने चेतावनी पनि दिएकी छन् ।

के छ दुई बुँदामा ?
पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ ।
त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...