बाढीको पीडा : पीडितले अनिदोमै बिताए पहिलो रात

Badhile dubayo vaktapur

भक्तपुर । हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको वस्तीका बासिन्दाका बिहीबारको कष्टकर ढंगले बिताएका छन् ।

टिनको छाप्रोमा बसेका र अस्थायी शिविरमा बसेकाहरुमध्ये धेरैको छाप्रो बगाएको र छाप्रो बाँकी भएकाहरुको पनि भित्र सबै पानी पसेर लत्ताकपडा, ओढ्ने, ओछ्याउने र खाद्यान्नहरुमा हिलो परेपछि उनीहरु बिचल्लीमा परेका छन् ।

पक्की घर भएकाहरुमध्ये भुईंतलामा बस्नेहरुको अवस्था पनि उस्तै रहयो । बाढी घटे पनि घरभित्र पसेको पानी निकाल्न नपाएपछि ओछ्यानमा पानीको आहाल जमेकाले रातभरी अनिदो मै रात बिताउनुपरेको उनीहरुले बताएका छन् ।

भक्तपुर नगरपालिकाको जगाती, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली तथा मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वा चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा, बालकोट, कौशल्टार सागबारीका डुबान बस्तीका बासिन्दा बिहीबार रातभरी सुतेनन् ।

कतिपयले खोला किनाराको आफ्नो वस्ती छाडेर छिमेकी घरमा शरण लिन पुगे ।

दिउँसो बाढी घटे पनि कोठा भित्र पसेको पानी घटेन । कोठामा चार फिट माथिसम्म पानी भरिएको छ । एक्लैले पानी झिक्न सकिँदैन । ओछ्यान, लुगा, खानेकुरा सबै डुब्यो, खै के खाने, कहाँ सुत्ने पत्तो छैन । यहाँका वस्तीमा भुईंतलामा धेरै भाडामा बस्नेहरु भएकाले उनीहरुको बिचल्ली भएको हो ।

‘खानेपानी समेत छैन, पानी ट्यांकरले पानी वितरण गर्न आएपछि एक भाँडो पानी थापेर राख्यौं’ पीडित अशोक थापाले भने, ‘यहाँ धेरैको यस्तै बिचल्ली छ, कोठामा छिरेको पानी झिक्न नगरपालिकाले पानी तान्ने पम्पको व्यवस्था गरिदिए धेरैको उद्धार हुने थियो ।’

व्यापारीको पनि उस्तै बिचल्ली भएको छ । भुईंतलामा राखेको पसल र पसलको गोदाम डुब्दा करोडौंका सामान नष्ट भएको छ ।

थिमिमा सञ्चालित सामसङ्ग कम्पनी लगायत विभिन्न ईलेक्ट्रोनिक्स कम्पनी, पसल, खाद्यान्न, व्यावसायी, सिमेन्ट व्यापारीको सामान डुबेर नष्ट हुँदा करोडौको क्षति भएको छ ।

मध्यपुरथिमि नगरपालिकाको पहलमा खानेपानी मन्त्रालयको निर्देशन अनुसार मध्यपुर थिमिको डुबान क्षेत्रमा शुक्रबारदेखि खानेपानी वितरण सुरु भएको छ ।

मध्यपुरथिमिको टोलटोलमा १८ वटा ट्यांकरबाट टोलटोलमा पुगेर खानेपानी वितरण सुरु गरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । भक्तपुरमा पनि खानेपानी वितरण सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...