माइतीघरमा आवासीय र इन्टर्न चिकित्सकले गरे प्रदर्शन, माइतीघरमै ओपिडी सेवा

Maitighar ma opd sewa

काठमाडौं । सरकारले निषेधित क्षेत्र तोकेको माइतीघर मण्डलामा दिनहुँ प्रदर्शन भइरहेका छन् । कहिले नेपाली कांग्रेस निकट विद्यार्थीले प्रदर्शन गरिहेका हुन्छन् भने कहिले विवेकशील साझा पार्टीले पनि ।

त्यो क्रम अझैं जारी छ । शुक्रबार मात्रै डा. गोविन्द केसीको समर्थनमा आन्दोलनरत डाक्टरहरुले आज माइतीघर मण्डलामा प्रदर्शन गरे । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनको अगुवाईमा भएको प्रदर्शनका क्रममा उनीहरुले माइतीघरमा ओपिडी सेवाले दिँदै आएको सेवाहरु दिएका थिए ।

प्रदर्शनका क्रममा डाक्टरहरुले डा. केसीका मागहरु छिट्टै सम्बोधन गर्न सरकारसँग माग गरेका थिए । उनीहरुले शिक्षण अस्पतालमा भने आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

१४ दिनदेखि जुम्लामा आमरण अनशनरत डा. केसीको माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै डाक्टरहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहोस