जताततै निषेधित क्षेत्र, कहाँ बस्लान् डा. केसी अनसन ?

Dr. gobinda kc

जुम्ला । नेपालको इतिहासको पाना पल्टाउने हो भने अहिलेसम्म सबेभन्दा धेरै अनसन बस्ने डा. गोविन्द केसी नै हुन् ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर फरक शैलीमा ल्याउन खोजिएको भन्दै १५ औं अनसन बस्न जुम्ला पुगेका डा. केसीलाई जुम्लामा अनसन बस्न प्रतिवन्ध लगाइएको छ ।

चिकित्सा शिक्षाको सुधारको माग राखी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा अनसन बस्न हिँडेका केसीलाई प्रहरीले खलंगाको टुँडिखेलमा नै रोकेर प्रतिष्ठानको हातामा पुग्नै दिएको छैन । त्यसको विरोधमा डा.केसीले रोकिएकै स्थलमा अनसन बस्ने चेतावनी दिएका छन् ।

कहाँ बस्न पाईदैन ?
अनसन बस्न लागेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले शुक्रबार सुचना प्रकाशित गरी निषेधाज्ञा जारी गरेको थियो । गृह मन्त्रालयको निर्देशन अनुसरा जुम्ला सदरमुकाका तीन क्षेत्रमा कुनै पनि किसिमको अनशन आन्दोनल तथा नारा जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाउने गरी सूचना जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि करिव २ सय मिटर वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अब डा. केसीले यी क्षेत्रमा अनसन बसन पाउनेवाला छैनन् । अब कहाँ अनसन बस्छन् त ? धेरैलाई चासो बढेको छ । तथापि डा. केसीलेसरकारले अनसन बस्न प्रतिबन्ध गर्नु एकतन्त्रीय शासनको नमुना भएको भन्दै अनसन बसेरै छाड्ने बताएका छन् ।

केसीका माग (प्रेस विज्ञप्ती)

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकारका लागि हामी निरन्तर लडि आएको विदितै छ।

यसमध्ये पनि मेडिकल शिक्षा क्षेत्रलाई उपयुक्त नियमन गरेर मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर कायम गर्ने तथा यी क्षेत्रमा अहिले भइरहेका अनियमितताहरु रोक्नका लागि कानुनी व्यवस्था गर्नका लागि हामीले चलाएको वर्षौं लामो आन्दोलनको बलमा संसदमा पुगेको चिकित्सा शिक्षा ऐन यस अगाडि विभिन्न राजनीतिक दल र नेताहरुको संकीर्ण स्वार्थका कारण पारित हुन नसकेपछि अध्यादेशका रुपमा जारी भएको थियो ।

तर विडम्बना अहिले सो अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गरेर ल्याउन लागिएको सुचना हामीलाई प्राप्त भएको छ । त्यस्तो कदम हामीलाई स्वीकार्य छैन ।

त्यसैले निःशुल्क पीजीपछिको सेवा अवधि हामीसँग समझदारी भएबमोजिम २ वर्ष कायम गर्नेबाहेक पहिले जारी भएको अध्यादेशमा कुनै पनि परिवर्तन नगरी जारी गर्न सरकार र राजनीतिक दलहरुको गर्दर्छौं । त्यसो नगरिएको खण्डमा यही असार १५ गतेदेखि सत्याग्रहलगायत संघर्षका कार्यक्रम शुरु गर्ने घोषणा गर्दर्छौं ।

हामीसित बारम्बार सम्झौता भए बमोजिम सरकारले काठमाडौंबाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन झारा टार्ने खालको छ किनभने प्रमुख राजनीतिक दलहरुको नियत नै देशमा स्वास्थ्य सेवा बिस्तार गर्नेभन्दा पनि मेडिकल शिक्षाको व्यापारमा संलग्न नेताहरुको स्वार्थ पूरा गर्ने छ ।

फलस्वरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन सकेको छैन भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति उस्तै सुस्त छ । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गर्ने काम हुन सकेको छैन ।

त्यसैले यो संवेदनशील विषयमा समेत सबै पक्षहरुको ध्यानाकर्षण गर्नका लागि १५औं सत्याग्रहको स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकाम हुने पनि जानकारी गराउँछौं ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...