ज्वरोलाई हेल्चेक्र्याई नगर्नुस्, भाइरल इन्फ्लुएन्जाको संक्रमण हुनसक्छ

Fever 16

काठमाडौं । के तपाई अहिले सामान्य ज्वरो त हो नि भनेर जाँच नगरी त बस्नु भएको छैन ? त्यसो हो भने हेल्चेक्र्याई नगर्नुस् । किनकी सामाज्य ज्वरो आउँदा पनि भाइरल इन्फ्लुएन्जाको संक्रमणले च्यापिसकेको हुनसक्छ ।

सामान्य ज्वरो आउँदा पत्रकार यादव थपलियाको मृत्यु भयो । चिकित्सकहरूका अनुसार पत्रकार थपलिया मात्र होइन, उनीजस्तै धेरै बिरामीलाई भाइरल इन्फ्लुएन्जाले आकस्मिक रूपमा मृत्युको मुखमा लैजाने गरेको छ ।

वर्षायामको सुरुवातसँगै भाइरल प्रकोपबाट बालबालिका र ज्येष्ठ नागरिकका साथै श्वासप्रश्वासका बिरामीहरू बढी जोखिममा पर्ने गरेका छन् । चिकित्सकहरूका अनुसार नेपालमा भाइरल इन्फ्लुएन्जा ए र बीको जोखिम बढी छ ।

पश्चिमी देशमा विशेष गरी जाडो समयमा देखा पर्ने भाइरल इन्फ्लुएन्जा नेपालमा भने वर्षायाम र जाडो दुवै समयमा देखिने गरेको छ । कतिपय देशमा भने बाह्रै महिना भाइरल देखापर्ने गरेको छ ।

शरीर दुख्ने, छाती घ्यारघ्यार हुने, स्वाँस्वाँ हुने र बान्ता समेत हुन सक्छ । कसै–कसैलाई पेट दुख्ने एवं पखाला लाग्ने लगायत लक्षण देखिन सक्छन् । यस्तो लक्षण देखिने वित्तिकै स्वास्थ्य परिक्षण गर्नुपर्ने चिकित्कहकरुहको भनाई छ ।

‘नेपालमा भाइरल इन्फ्लुएन्जा सुरु हुने बेला भइसकेको छ’, सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, , ‘निमोनिया हुनुको मुख्य कारण नै फ्लु हो ।’ श्वासप्रश्वास र छातीसँग सम्बन्धित समस्याका दीर्घ रोगीहरूलाई भाइरल इन्फ्लुएन्जाले बढी जोखिममा पार्ने गरेको छ ।

भाइरल इन्फ्लुएन्जा निको पार्ने औषधि अहिलेसम्म बनेको छैन । त्यही भएर चिकित्सकहरुले निको पार्न सहयोग पु¥याउने औषधि दिने गरेका छन् । सतर्कता अपनाउन भ्याक्सिन लगाउनुपर्ने डा. पुनको सुझाव छ ।

भाइरलसँग सम्बन्धित रोगले गर्दा अमेरिकामा बर्सेनी झण्डै ३६ हजार व्यक्तिको ज्यान जाने गरेको तथ्यांक छ ।

भाइरल इन्फ्लुएन्जाका लक्षणहरू

१. ज्वरो आउने
२. खोकी लाग्ने
३. टाउको तथा घाँटी दुख्ने
४. शरीर दुख्ने
५. बान्ता हुने
६. छातीमा घ्याघ्यार तथा स्वाँस्वाँ हुने
७. पेट दुख्ने

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...