गाउँपालिका प्रमुखको गालामा विप्लवको मोसो !

Netrabikarm chanda biplab

बझाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय हिंसात्मक बन्दै गएको छ ।

गत स्थानीय निर्वाचनको बहिष्कारमा लागेको विप्लवले पछिल्ला दिनमा स्थानीय तहका पदाधिकारीहरु धम्की मात्रै दिएको छैन, कालो मोसो दल्न पनि थालेको छ ।

विप्लवका कार्यकर्ताले बझाङको मष्टा गाँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतलाई मोसो दलेका छन् । कठायतलाई गाउँपालिका कार्यालयमा पुगेका विप्लव कार्यकर्ताको समूहले कार्यालय बाहिर निस्केको समयमा मोसो दलेका हुन् ।

विप्लवका कार्यकर्ताले दुई दिनअघि साइपाल गाँउपालिकाका निमित्त कार्यकारी राधाकृष्ण जोशीलाई पनि मोसो दलेका थिए ।

विप्लवका ३० भन्दा बढी युवाहरुको समूहले कार्यकर्ताहरुले कार्यालय बाहिर बोलाएपछि भष्टचारी अध्यक्ष भन्दै मोसो दलेका हुन् । अध्यक्ष कठायतलाई मोसो दल्दा शिक्षक, वडाअध्यक्ष सहितले प्रतिकार गर्दा विप्लवका कार्यकर्तासँग केहीबेर झडप भएको थियो ।

यस्तो छ कारण
उनीहरुले विकास योजनाहरु आफन्त र कार्यकर्तालाई दिएको अर्को आरोप पनि लगाएका छन् । विप्लव कार्यकर्ताले अध्यक्षसँग विकास योजनाबाट पैसा मागेका थिए ।

विप्लव कार्यकर्ताहरुले अध्यक्ष कठायतले भ्रष्टचार गरेको आरोप लगाउँदै आएका छन् । त्यति मात्रै होइन, कठायतले जनता विरोधी काम गरिरहेको आरोप पनि लाग्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...