कांग्रेसमा नेताको होईन, नीतिको बहस आवश्यकः निधि

Bimalendra nidhi 647 082016021940

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा अहिले नेतृत्वको नभई नीतिको बहस आवश्यक भएको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपसभापति निधिले संघीयता, गणतन्त्र लगायतका परिवर्तनका उपलब्धीहरुको पक्षमा जनमत बनाउनु पर्नेमा जोड दिए ।

कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको भन्दै उनले भनेका छन्, ‘नेतृत्व होइन, नीतिको बहस गरौं । संघीयता गणतन्त्र लगायतका परिवर्तनको पक्षमा कांग्रेसका सबै नेता प्रष्ट र प्रतिवद्ध हुन जरुरी छ ।’

पार्टीका नेताहरु कार्यालय नै नजाने गरेको गुनासो आएपछि निधि शुक्रबारदेखि दैनिक कार्यालय जान थालेका छन् । आफूले हरेक दिन विहान साढे ८ देखि साढे १२ बजेसम्म कार्यालयमा बस्ने योजना बनाएको निधिले जानकारी दिए ।

पार्टी विधानले दिएको जिम्मेवारी अनुसार नीति निर्माण र प्रशिक्षणमा जुट्ने पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...