क्रिश्चियनका नाममा दादागिरी : सैतानको आरोपमा चर्चमै निर्घात कुटिए युवा

Prabin rai taplejung

ताप्लेजुङ । हिन्दु धर्ममा मात्रै बोक्सी लागेर धामी झाँक्रीले झारफुकका नाममा विभिन्न यातना दिएको सुनिन्छ । तर, ताप्लेजुङमा क्रिश्चियनहरुले नै शरीरमा सैतान लागेको भन्दै एक युवालाई मरणाशन्न हुने गरी कुटपिट गरेका छन् ।

ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका आम्बेगुदिनका २७ वर्षीय प्रविण राईलाई क्रिश्चियनका पास्टरहरु मिलेर चर्चमै लगेर यातना दिएको रहस्य खुलेको छ ।

क्रिश्चियनका पाष्टरहरु नरबहादुर तामाङ, डेबिट लिम्बू, देब राई र सृष्टि लिम्बुले काम गरिरहेको अवस्थामा राईलाइ बोलाएर चर्चमा लगी जिउमा सैतान छ भन्दै निर्घात तरिकाले कुटपिट गरेका हुन् ।

घटना शनिबारको हो । शनिवार चर्चमै यातना दिएपछि राई सख्त घाइते बनेका थिए । घाइते राईलाई परिवारलाई थाहै नदिई उपचारका लागि १० गते मोरङको पथरीमा लगिएको थियो ।

राईलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । क्रिश्चिय पाष्टरहरुद्धारा कुटिएका राईकी आमाले आम्बेगुदिन प्रहरी चौकीमा उजुरी दिएकी छन् ।

सो घटनामा संलग्न रहेका डेबिट लिम्बू र देब राई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...