नमस्ते गर्नुस् फाइदैफाइदा, हात मिलाउनुस् घाटैघाटा

Namaskar

काठमाडौं । नेपालीहरु आफुभन्दा ठूलालाई पनि सजिलै हात मिलाउँछन् । आखिर किन मिलाउँछन् हात ? के नमस्ते गर्न मिल्दैन ?

आजभोली नमस्ते गर्ने प्रचलन कम हुँदै गएको छ । हिन्दु धर्म तथा संस्कृतीमा हात जोडेर नमस्ते गर्ने चलन छ । कतिपयले निहुरिएर साष्टाङ्ग दण्डवत गर्ने चलन पनि छ ।

नमस्ते गर्दा जति मानिसलाई आनन्दित तुल्याउँछ, हात मिलाउँदा त्यो आनन्द मिल्दैन । हात मिलाउँदा मात्रै ‘त्यो वा यो’ मान्छेसँग हात मिलायो भन्ने मात्रै हुन्छ । तर, आत्मीयता भने मिल्दैन ।

नमस्ते गर्ने प्रचलन त्यसै बसाएको होइन । यसका विषेश कारण र फाइदाहरु छन् । हात मिलाउँदा बेफाइदा पनि छन् । नमस्ते गर्दा कसैलाई नछोई नै अभिवादनको प्रक्रिया पूरा हुन्छ । यसबाट सरुवा रोगहरु सर्ने सम्भावना पनि कम हुन्छ । हात मिलाउँदा अन्य व्यक्तिसँग जोडिनुपर्ने हुन्छ ।

के छ पाइदा र घाटा ?
हिन्दु धर्मशास्त्रमा नमस्ते गर्नुका अन्य कारणहरु रहेको उल्लेख गरिएको छ । हिन्दु धर्मशास्त्र अनुसार नमस्ते गर्दा सकारात्मक उर्जा प्राप्त हुन्छ ।

चैतन्य प्राप्त हुन्छ । नमस्ते गर्दा स्वयं भगवान परमात्मासमेत खुसी हुने शास्त्रमा उल्लेख छ । नमस्ते गर्दा शरीरमा आध्यात्मको समेत विकास हुन्छ ।

के छ घाटा ?
हता मिलाउँदा हाम्रो शरीरको उर्जा परिमण्डलमा अन्य व्यक्तिको उर्जाले घुसपैठ गर्ने मौका पाउँछ । हात मिलाउँदा दुई व्यत्तिको शरीरका उर्जाहरु जोडिन्छन् । जसको असर शरीरमा मात्र होइन् मस्तिष्कमा समेत पर्छ ।

हिन्दु धर्म र सस्कृतिमा स्त्रीसँग स्पर्श गर्ने पनि वर्जित गरिएको छ । यसको सिधा कारण पनि विद्युतीय तरंग नखल्बलियोस् भन्ने हो ।

प्रतिकृया दिनुहोस