सँगै मापसे गर्ने गुप्तचरका हाकिमबीच ‘ग्याङ फाइट’ ! कोइराला र तिमल्सिनाबीच पानी बाराबार

Gang fight

काठमाडौ‌ । दरबारमार्गस्थित रोयल साइनो रेस्टुराँमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरुबीच ‘ग्याङ फाइट’ भएको छ । दुई समूहमा विभाजित अधिकृतबीच मुक्का हानाहान भएको थियो ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) उपअनुसन्धान निर्देशकबाट प्रहरी उपरीक्षक (एसपी) सहअनुसन्धान निर्देशकमा वढुवा हुने विषयमा दुई समूहबीच ठूलै विवाद भएपछि हात हालाहालको स्थिति आएको हो ।

श्रोतका अनुसार उपअनुसन्धान निर्देशकद्वय सुरेन्द्र कोइराला र टेकराज तिमल्सिनाको समूहबीच हात हालाहाल भएको हो ।

‘आइतबार साँझको घटना हो,’ श्रोतले भन्यो, ‘त्यो साँझ पनि सधैँ झैँ हाम्रो नियमित जमघट थियो, मादक पदार्थ सेवन गर्न थालेपछि सरहरुले वढुवाको कुरा निकाल्न थाल्नुभयो, बढुवामा तँभन्दा म नै योग्य छु भन्दै हात हालाहाल भएको हो ।’

यस्तै घटना पटक–पटक दोहोरिन थालेपछि कोइराला र तिमल्सिनाबीच अहिले पानी बाराबारको स्थिति आएको श्रोतको भनाई छ ।

डिएसपी कोइराला हाल राष्ट्रपति कार्यालयमा कार्यरत छन् भने तिमल्सिना तत्कालिन कांग्रेस सभापति सुशिल कोइराला प्रधानमन्त्री हुँदा सचिवालयमा कार्यरत थिए । तिमल्सिना हाल विभागमा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस