राप्रपाले तोक्यो सात प्रदेशमा संयोजक

Rpp thapa news

काठमाडौं । पार्टी एकताको पहल भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशमा संयोजक तोकेको छ ।

राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सात प्रदेशमा प्रदेश समितिको प्रमुख तोकेको हो ।

राप्रपाले प्रदेश १ मा राम थापा, प्रदेश २ मा चन्देश्वर यादव, प्रदेश ३ मा विक्रमबहादुर थापा, प्रदेश ४ मा हेमजङ्ग गुरुङ, प्रदेश ५ मा डा.धवलशमशेर राणा, प्रदेश ६ मा धनबहादुर बुढा र प्रदेश ७ मा श्यामबहादुर शाहीलाई प्रदेश समितिको प्रमुखको जिम्मेवारी तोकेको हो ।

त्यसैगरी मंगलबार नै राप्रपा अध्यक्ष कमल थापाले पार्टीको विधानअनुसार बमोजिम भास्कर भद्रा (ललितपुर) लाई पार्टीको सह–महामन्त्री एवं सचिवालय प्रमुखको जिम्मेवारी प्रदान गरेको सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...