अंग प्रत्यारोपण केन्द्रमा नर्सहरुमाथि हातपातदेखि यौन हिंसासम्म !

Sajana nurse

काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्रमा नर्सहरुमाथि अन्याय गरिएको आरोप लगाएको छ । केन्द्रमा भएका विकृतिबारे आवाज उठाउने नर्सहरुमाथि मानसिक र शारीरिक यातना दिइएको उनीहरुले आरोप लगाएका छन् ।

प्रशासनले कर्मचारीको स–साना गल्ती पनि सिसिटिभी क्यामरामा खिचेर गल्ती प्रमाणित गर्न खोज्ने तर प्रशासनका व्यक्तिले कर्मचारीलाई हात हालेको सिसिटिभी फुटेज भने लुकाउने गरेको उनीहरुको आरोप छ ।

उनीहरुले नर्सहरुलाई नै उल्टै अनावश्यक आरोप लगाएर थप पिडा दिएको नर्सहरुले बताएका छन् । समस्याबारे स्वास्थ्य मन्त्रालयमा समेत औपचारिक रुपमा गुनासो गरिए पनि वेवास्ता गरिएको उनीहरुको दाबी छ ।

लामो समय स्वयम् सेवकको रुपमा काम लगाइएका नर्सहरुलाई जागिरको व्यवस्था गर्न आग्रह गरेका कारण सुरु भएको विवादले अहिले उग्र रुप लिएको छ ।

मंगलबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी पीडित नर्स त्रजिना जतीले भक्तपुरको दूधपाटीमा रहेको धर्मभक्त अंगप्रत्यारोपण केन्द्र प्रशासनले नर्सहरुमाथि सबैखाले शोषण गरेको आरोप लगाइन् ।

१८ महिनासम्म स्वयम् सेवकको रुपमाकाम गरेका नर्सहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट जागिर दिलाइयोस् भन्ने माग राख्दा प्रशासनले दमन गर्न थालेको युथ नर्स संजाल नेपालकी अध्यक्ष सजना द्यौलाले बताइन् ।

प्रतिकृया दिनुहोस