कांग्रेसमा ६० क्रसकै हावी ! कसका उमेर कति छ ?

Deuwa paudel

काठमाडौं । हरेक कुरामा उमेरको हकबन्दी लागू हुन्छ । जागिर खान पनि निश्चित उमेर चाहिन्छ । जागिर छोड्दा पनि उमेरको हदवन्दी लाग्छ । तर, राजनीतिमा अहिलेसम्म उमेरको हकबन्दी लागेको सुनिएको छैन ।

कहिले काँही युवा पुस्ताले नेपालीमा राजनीतिमा पनि उमेरको हकबन्दी लाग्नुपर्ने तर्क अघि सार्दै आएका छन् । तर राजनीतिमा खाइखेली खुङखार भएका राजनीतिकर्मीहरुले युवाका कुरालाई हावामा उडाइदिने गर्छन् । जसका कारण अहिलेसम्म उमेरको हकबन्दीको कुरा ‘कुरा’मै सीमित भइरहेको छ ।

अहिले फेरि नेपाली कांग्रेसभित्र उमेरको कुरा उठ्न थालेको छ । खासगरी युवा पुस्ताले उमेरको हदबन्दीका कुरा उठाउन थालेका हुन् ।

कांग्रेसमा उमेर हदको प्रसंग यस पटक मात्रै उठेको होइन । केहीअघि केन्द्रीय कार्यसमिति बैठकमै नेता प्रदीप गिरीले ७० वर्षे उमेर हद राख्न प्रस्ताव गरेमन थिए । युवा नेता गगन थापाले ५५ वर्षमै आफू क्रियाशील राजनीतिबाट अलग हुने प्रतिबद्धता पनि जनाइसकेका छन् ।

तर, नेपाली कांग्रेसभित्र युवा पुस्ताको भन्दा पनि वृद्ध पुस्ताको हावी छ । त्यही भएर पनि उमेरको हकबन्दीका कुरा उठ्ने र सेसाउने गरेको छ । अहिले नेपाली कांग्रेसमा पहिलो पुस्ताको नेतृत्व देउवा र पौडेलले गरिरहेका छन् भने दोस्रो पुस्तामा ६० देखि माथिका नेताहरू हावी छन् ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा ७३ पुगे भने वरिष्ठ नेता रामचन्द्र पौडेल ७४ वर्ष पुगेका छन् ।

१४ औं महाधिवेशनमा अवसर नपाएमा प्रकाशमान सिंह १५ औं महाधिवेशनमा पुग्दा ७० पुग्छन् । डा. शेखर कोइराला ७५ पुग्छन् भने शशांक कोइराला ६८ वर्ष पुग्छन् । कृष्णप्रसाद सिटौला र शेखर १४ औं महाधिवेशनमै ७१ वर्ष उमेरका हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...