दलितका ‘धमिराहरु’ : नाम दलितको, लक्ष्य विदेशको श्रृंखला –२

Dalit news 2 final

काठमाडौं । नेपालमा दलित समुदायको हितका लागि भनेर सयौं संघ संस्था खुलेका छन् । केही क्रियाशील छन् भने केही निष्कृय पनि छन् ।

नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि उत्पीडित वर्गको हितका लागि सरकार र विदेशी दाताहरुले नेपालमा पैसाको खोलो नै बगाए । अझ गणतन्त्र आएपछि जब समावेशीका मुद्दा उठ्न थाल्यो, त्यसयता त झन विदेशी दाताहरुको नजर नै दलित समुदायमा गाडियो ।

दलित मात्रै होइन, गैरदलित र राजनीतिक पार्टीका नेताहरुको समेत दलितका मुद्दा कमाई खाने भाडो बन्यो । तर, दलित समुदायको अवस्था भने ज्यूँका त्यूँ छ । अझ पछिल्लो समयमा त झन दलितका मुद्दा नै हराउन थालेको छ ।

यसरी दलितका मुद्दा हराउनुमा गैरदलित त जिम्मेवार छन् नै, दलितका नाम बेचेर ब्रम्हलुट गर्नेहरु पनि उत्तिकै जिम्मेवार छन् । उनीहरुले काम दलित समुदायको उत्थान भन्दा पनि परिवारको उत्थानमा लाग्दा अहिले नेपालका दलित समदाय ‘पिँध बिनाको भाडो’ भएका छन् ।

यसरी दलितको नाम बेचेर रमाउनेहरुकै कारण दलित समुदाय आज लज्जाको पात्र बनेका छन् ।

दलित आन्दोलनका ‘धमिराहरु’ को खोजी
नेपालमा हुँदा तिनै दलित समुदायको नाममा आन्दोलन गर्ने, विदेशी दातालाई खुसी पार्ने अनि विदेश पलायन हुने नेपालको दलित आन्दोलनका ‘धमिरा’हरु धेरै छन् ।

त्यस्ता धमिराहरु नेपालमा बसेर तिनै दलितहरुका समस्या दाताहरुलाई बेच्ने अनि आफु रमाउनेको संख्या नेपालमा धेरै छ । त्यसरी रमाउनेमा दलित एनजिओकर्मी मात्रै छैनन्, सरकारी लाभको पदमा बस्नेहरु पनि छन् ।

निशान न्युजले दलितका ‘धमिराहरु’ जो नेपालमा बसुन्जेल मस्ती गर्ने अनि विदेश भासिएपछि नेपालका दलितहरुले माखो मार्न सकेनन् भन्नेहरुको नालीवेली तयार पार्न थालेको छ । जसको दोस्रो श्रंखलाको रुपमा केही प्रतिनिधि पात्रहरु यहाँ प्रस्तुत गरिएको छ । अन्य धमिराहरुको आगामी श्रंखलामा प्रस्तुत गरिने छ ।

दिपकजंग विश्वकर्मा नेपालमा पहिलो पटक राष्ट्रिय दलित आयोग बन्दा सदस्य थिए । उनी पछि दलित विकास समितिको कार्यकारी निर्देशक पनि भए । उनी आज अमेरिकामा बसेर रमाइरहेका छन् ।

कृष्णबहादुर चुनारा कुनै बेला राष्ट्रिय दलित आयोगका चल्तापुर्जा व्यक्ति थिए । तर, उनी पनि अमेरिकामा बसेर रमाइरहेका छन् । जसलाई नेपाली दलित समुदायको माया होइन, आफ्नै सन्तानको माया धेरै छ । दलितहरुको माया एकादेशको कथाझै बनेको छ ।

त्यस्तै अर्का सदस्य हुन् होम खाती । उनी राष्ट्रिय दलित आयोगका सदस्य थिए । जसले आफु आयोगमै रहेका बेला सरकारी पार्सपोर्टको दुरुपयोग गर्दै अमेरिका पुगेका थिए । तर, उनी अमेरिका पुग्दा आयोगको पासपोर्ट दुरुपयोग गरेको आरोप लाग्यो ।

त्यति मात्रै होइन, नेपालमा नाम चलेको संघ संस्थाका जिम्मेवारी व्यक्ति पनि अमेरिका पलायन भएका छन् । उनीहरु हाल पनि त्यही संस्थामा छन्, जो आफु अमेरिका भासिदा त्यही संस्थाको लोगो प्रयोग गरेका थिए । ति मध्ये एक हुन् चमेली खाती ।

उनी दलित महिला संघ (फेडो) को उपाध्यक्ष हुन् । उनी अमेरिका हाल पनि फेडोको उपाध्यक्ष हुन् । तर, उनी अमेरिकामै बस्छिन् । ललित परियार विदेशमै बस्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...