वा, पुरुषले पनि नर्स पढ्न पाउने ! यसै वर्ष ११५५ पुरुष नर्स बन्ने

Narse 10

काठमाडौं । नेपालमा नर्स र महिला पर्यायवाची शब्दझैँ लाग्छ। तर, अब यो परिचय फेरिने भएको छ । अब नेपालमा महिलाले मात्रै होइन, पुरुष पनि नर्स बनन पाउने भएका छन् ।

नेपालमा सबैभन्दा पहिला २०४६ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ सुरु भएको थियो । आइओएमले त्यतिबेला १० प्रतिशत पुरुषलाई पिसिएल नर्सिङ अध्ययनका लागि भर्ना लिएको थियो । त्यही बेलादेखि नै नेपालमा पुरुषले पनि नर्सिङ पढ्न थालेका थिए ।

काउन्सिलको तथ्यांकअनुसार नेपालमा झण्डै ७० जना पुरुष नर्स कार्यरत छन् । नेपालमा २०५० भन्दा अगाडि चार ब्याचसम्म पुरुष नर्स उत्पादन भएका थिए । चार वर्षको अवधिमा नेपामला ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए ।

अहिले फेरि नेपाल नर्सिङ काउन्सिलले यसै शैक्षिक सत्रदेखि नर्सिङ अध्ययनमा पुरुषहरुलाई पनि अध्ययन गर्न पाउने बाटो खुल्ला गरेको छ । काउन्सिलको असार ५ मा बसेको काउन्सिलको बैठकले शैक्षिक सत्र २०७५/७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको छ ।

काउन्सिलको सो निर्णय कार्यान्वयमा ल्याउन सबै विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई जानकारी पनि गराइसकेको छ ।

काउन्सिलको यो निर्णयसँगै अव नर्सिङ कलेजहरुले कुल विद्यार्थी भर्नामध्ये कम्तिमा १५ प्रतिशत पुरुषलाई भर्ना गर्न पाउनेछन् । सरकारी तथ्यांकअनुसार हाल नेपालमा वार्षिक १ सय २५ भन्दा बढी नर्सिङ कलेजबाट ७ हजार ७ सय ४० जना नयाँ नर्सिङ जनशक्ति उत्पादन हुँदै आएको छ । यो कार्यान्वयनमा आएपछि हालको कोटाका आधारमा नेपालमा वार्षिक ११ सय ५५ जना पुरुष नर्स उत्पादन हुनेछन् ।

यस्तो छ नेपालमा नर्सको संख्या
नर्सिङ काउन्सिलको पछिल्लो तथ्यांकअनुसार नेपालमा ८१ हजार ९० नर्स दर्ता छन् । त्यसमध्ये ४९ हजार ३४ जना नर्स, ३१ हजार २ सय २१ अनमी र आठ सय ३५ विदेशी नर्सको दर्ता छ ।

नेपाल नर्सिङ संघको पछिल्लो तथ्यांकअनुसार दर्ता भएका नर्समध्ये सरकारी जागिरमा १२ हजार र निजी स्वास्थ्य संस्थामा २२ हजार नर्स कार्यरत छन् । संघकै तथ्यांकअनुसार करिब १५ हजार नर्स विदेसिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...