जारको पानी पिउँदै हुनुहुन्छ ? कतै हैजाको जिवाणु त छैन ?

जारको पानी अयोग्य, ७४ प्रतिशत जारको पानीमा जीवाणु

Jarko pani

काठमाडौँ । सोमबार बिहान नेपाल पत्रकार महासंघकी काठमाडौं जिल्ला उपाध्यक्ष सीता पोखरेलले जारको पानी ‘जारको पानीको र खानेपानीका ट्याङ्करको पानीको परिक्षण गर्ने प्रयोगशाला कहाँ कहाँ छन् ?’ भनेर सामाजिक सञ्जालमा पोष्ट गरिन् ।

उनले पोष्ट गरेको सामाग्रीमा खोलाको पानीलाई रिफाईन (फिल्टर) गरेर सिधै ट्याङ्कर भरी खानेपानीको रुपमा बिक्री गरिरहेको आफैंले देखिरहेको उल्लेख छ । यस्तै सामग्री गत आइतवार कोटेश्वरका कमल न्यौपानेले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । यस्तो गुनासा आजभोली दैनिक आउन थालेको छ । 

खानेपानीको जारको पानी पिउने उपभोक्ता पनि सुरक्षित छैनन् भन्ने यी स्टाटसले देखाउँछ । पछिल्ला दिनमा सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले पुष्टि गरेको छ ।

नाष्टले गरेको अध्ययनरपरीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा जीवाणु फेला परेका छन् ।

नाष्टले कलेज, स्कुल, होटल, सार्वजनिक स्थानमा राखिएका ५० ब्रान्डका जारको पानीको नमुना परीक्षण गरेको थियो । त्यसक्रममा कोलिफर्मसँगै इकोलाई पनि फेला परेको हो ।

राष्ट्रिय खानेपानी मापदण्डअनुसार खानेपानीमा इकोलाई र कोलिफर्म शून्य हुनुपर्छ । इकोलाईले हैजा हुन्छ । परीक्षणका क्रममा कोलिफर्म ९२ प्रतिशत देखिएको छ ।

मापदण्डअनुसार कोलिफर्मको मात्रा शून्य हुनुपर्ने भनिएको छ । हानि गर्ने कोलिफर्मले आउँ, पखालालगायत हुन्छ । मापदण्डअनुसार भौतिक, रासायनिक, बाइलोजिकलगायत २२ वटा प्यारामिटर छन् । यसमा पीएच, धमिलोपन, आइरन, आरसेनिक, क्याडमियम, मरकरी, कोलिफर्म, इकोलाईलगायत पर्छन् ।

परीक्षणका क्रममा १२ प्रतिशतमा पीएच (अमिलोपना) एसिड फेला परेको जनाएको छ। मापदण्डअनुसार पीएच ६.५ देखि ८.५ बीचको हुनुपर्छ । तर, १२ प्रतिशतमा जारमा ६.५ भन्दा कम छ । २ प्रतिशत जारमा आइरन बढी देखिएको छ ।

मापदण्डअनुसार एक लिटरमा ०.३ मिलिग्रामभन्दा बढी आइरन हुनुहुँदैन । ४८ जारको पानीमा अमोनिया फेला परेको छ । अमोनियाले श्वासप्रश्वासमा समस्या हुन्छ । पानीमा तिखो गन्ध हुन्छ । मापदण्डअनुसार पानीमा फ्लोराइडको मात्रा ०.५ देखि १.५ हुनुपर्छ । तर, १८ प्रतिशतमा जारको पानीमा उच्च मात्रामा फ्लोराइड फेला परेको छ । २० प्रतिशतमा कम मात्रामा पाइएको नाष्टले जनाएको छ ।

खानेपानीलाई व्यवस्थित बनाउन ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४’ प्रयोगमा छ । उपभोक्ताको स्वास्थ्य तथा सुविधा कायम राख्न, स्वच्छ र गुणस्तरीय प्रशोधित पिउने पानीको उत्पादन र बिक्रीवितरण कार्यलाई व्यवस्थित गर्न निर्देशिका ल्याइएको हो । तर निर्देशिकाको उलंघन गर्दै पानी प्रशोधन गर्ने कम्पनहिरुले उपभोक्तको स्वास्थ्य माथी नै खेलवाढ गरिरहेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित पिउने पानी प्रतिकूल भेटिएपछि ९ महिनाको अवधिमा १८ उद्योगविरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...